बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी | Khabarhub Khabarhub

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको रकम हिनामिना भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब भएपछि नेपाली कांग्रेस कालिकोटले रकम नबाँडे कारबाही गर्ने चेतावनी दिएको छ ।

इन्द्रेणी टेलिभिजन कार्यक्रम र इन्द्रेणी समाजले बाढीपहिरो पीडितका लागि भनेर २०८० साल माघ २० गते पाँच लाख ४३ हजार पाँच रुपैयाँ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टलाई हस्तान्तरण गरेका थिए ।

राहत अझैसम्म वास्तविक पीडितसम्म पुग्न सकेको छैन । २०७७–०७८ सालमा आएको बाढीपहिरोले नरहरिनाथ गाउँपालिकाको वडा नं. ५, ६ र ९ मा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । काठमाडौंस्थित इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले राहत सङ्कलन गरेर चेक अध्यक्ष विष्टलाई सार्वजनिक कार्यक्रममार्फत् हस्तान्तरण गरेका थिए ।

विष्ट कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । उनी नेपाली कांग्रेस कालिकोटको पार्टी सचिवको जिम्मेवारीमा छन् । पार्टीले लामो समयदेखि राहत रकम बाँड्न निर्देशन दिए पनि अटेर गरेका कारण पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

पार्टीले बेला–बेला दिएको निर्देशनलाई अटेर गरेपछि नेपाली कांग्रेस जिल्ला कमिटी कालीकोटले बाढीपहिरो पीडितको राहत खानेलाई कारबाही गर्ने चेतावनी दिएको उपसभापति मीनबहादुर बोगटीले बताए ।

‘पटक पटक दिएको निर्देशनलाई पार्टी सचिव तथा गाउँपालिका अध्यक्षले मान्न तयार हुनु भएन,’ स्थानीय कांग्रेस नेताले भने, ‘सभापतिले सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभएको छ ।’

गाउँपालिका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोराले बाढीपहिरोका कारण ज्यान गुमाउने, घर गुमाउने र विस्थापित हुने घरपरिवारको लागि जम्मा इन्द्रेणीले पाँच लाख ४३ हजार पाँच रुपैयाँ राहत रकम जम्मा गरेको थियो । उनका अनुसार इन्द्रेणीका सञ्चालक कँडेलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नौ वटै वडाध्यक्षसमक्ष रकम हस्तान्तरण गरेको रकमका विषयमा अहिलेसम्म आफूले कुरा उठाउँदै आएको बताए ।

‘रकम हस्तान्तरणको क्रममा गाउँपालिकाको खातामा जम्मा गर्ने कि भन्ने छलफल भएको हो । तर, गाउँपालिकाको खातामा जम्मा गर्दा आम्दानी बाँधी भुक्तानी गर्दा प्रक्रिया निकै झन्झटिलो हुने भएकाले अध्यक्ष विष्टको नाममा चेक काटी हस्तान्तरण गरिएको थियो,’ उनले भने, ‘चेक हस्तान्तरणपश्चात् चेक कहाँ ? कसरी साटियो हामी जानकार छैनौँ ?’

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  २ : ५६ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध