पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो « Khabarhub

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ ।

अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो ।

भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।

– रासस

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ३ : १६ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने