पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल « Khabarhub

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको बताएका छन् ।

एमाले ओखलढुङ्गा लिखु काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेकै कोहीले गलत गरेको छ भने अनुसन्धानको दायरामा आउने भन्दै राजनीति पूर्वाग्रहका आधारमा अख्तियारले काम गर्यो भन्नु गलत भएको बताएका हुन । उनले सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरिक्षणमा उभिन सक्नुपर्ने बताए । नागरिकको लेखापरिक्षणमा बेरुजु निस्किए जोसुकै पनि दण्डका भागेदारी हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै पोखरेलले जन्मसिद्ध अधिकारको आधारमा शासन सत्ता चलाउने कुराको विपक्षमा एमाले अडिक रहेको बताए । वंश परम्पराको शासन सत्ताको पक्षमा नभइ लोकतान्त्रिक विधिबाट आउने योग्य व्यक्तिले मुलुकको शासन चलाउनुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए । पोखरेलले अनिर्वाचित सत्ताको पक्षमा समेत एमाले नरहेको स्पष्ट पारे । उनले मुलुकका समस्या समाधान गर्न अहिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेससँगै मूल प्रतिष्पर्धा हुने बताए ।

उनले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएकाले एमालेमाथि हमला हुने गरेको भन्दै त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ४ : २० बजे

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै

चार अन्तरिक्ष यात्रीसहित क्रु-१२ मिसन पृथ्वीतर्फ रवाना

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेसएक्स क्रु–१२ मिसन अन्तर्राष्ट्रिय

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा