पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल « Khabarhub

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको बताएका छन् ।

एमाले ओखलढुङ्गा लिखु काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेकै कोहीले गलत गरेको छ भने अनुसन्धानको दायरामा आउने भन्दै राजनीति पूर्वाग्रहका आधारमा अख्तियारले काम गर्यो भन्नु गलत भएको बताएका हुन । उनले सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरिक्षणमा उभिन सक्नुपर्ने बताए । नागरिकको लेखापरिक्षणमा बेरुजु निस्किए जोसुकै पनि दण्डका भागेदारी हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै पोखरेलले जन्मसिद्ध अधिकारको आधारमा शासन सत्ता चलाउने कुराको विपक्षमा एमाले अडिक रहेको बताए । वंश परम्पराको शासन सत्ताको पक्षमा नभइ लोकतान्त्रिक विधिबाट आउने योग्य व्यक्तिले मुलुकको शासन चलाउनुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए । पोखरेलले अनिर्वाचित सत्ताको पक्षमा समेत एमाले नरहेको स्पष्ट पारे । उनले मुलुकका समस्या समाधान गर्न अहिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेससँगै मूल प्रतिष्पर्धा हुने बताए ।

उनले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएकाले एमालेमाथि हमला हुने गरेको भन्दै त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ४ : २० बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य