‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’  « Khabarhub

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा एल्युमिनियममा ५० प्रतिशतसम्मको भन्सार शुल्कवृद्धिले विश्व व्यापारमा असन्तुलन र अविश्वास बढ्न सक्ने चिन्ता एक वरिष्ठ अर्थविश्लेषकले व्यक्त गरेका छन् ।

बोस्निया हर्जेगोभिनाका आर्थिक विश्लेषक गावरान इगोरले अमेरिकाको पछिल्लो निर्णयले बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर पार्ने भन्दै यस्तो एकपक्षीय कदमले दीर्घकालीन रूपमा सबै देशहरूलाई असर गर्ने चेतावनी दिए । 

उनले भने, ‘यस प्रकारका एकतर्फी नीतिहरूले आपसी विश्वासलाई खल्बल्याउँछ र साझेदार देशहरूलाई समकक्षको रूपमा नभई अधीनस्थको रूपमा व्यवहार गरिएको महसुस गराउँछ ।’

उनले निष्पक्ष, पारस्परिक सहयोग र आपसी लाभमा आधारित विश्वव्यापी व्यापार प्रणालीको आवश्यकता औंल्याउँदै यस्ता कार्यहरूलाई ‘आर्थिक दबाब’ तथा ‘अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन’ को रूपमा व्याख्या गरे।

बोस्नियाको अर्थतन्त्र मुख्यतः युरोपेली आपूर्ति श्रृङ्खलासँग जोडिएको बताउँदै उनले नयाँ भन्सार नीतिको प्रत्यक्ष असर रक्षा तथा धातुजन्य निर्यात उद्योगहरूमा पर्न सक्ने उल्लेख गरे । 

अमेरिकामा हुने बोस्नियाली निर्यातमध्ये ६० प्रतिशतभन्दा बढी रक्षा क्षेत्रमा केन्द्रित रहेको र हाल ती सामानमा ३५ प्रतिशतसम्म शुल्क लाग्ने भएको जानकारी दिए ।

उनले अन्त्यमा साना अर्थतन्त्र भएका मुलुकहरूको हितका लागि निष्पक्ष, स्थिर र बहुपक्षीय व्यापार संरचना विकास गर्न विश्व समुदायले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ४ : ४९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा