स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते | Khabarhub Khabarhub

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी हुँदा ९३ वर्षीय वृद्धको ज्यान गएको छ भने कम्तीमा १९ जना धुवाँको असरबाट घाइते भएका छन् ।

स्थानीय आपतकालीन सेवाहरूका अनुसार आगो राति करिब ११ बजे वृद्धाश्रमको भुइँतल्लामा रहेको एक कोठाबाट सुरु भएको थियो । वृद्धको घटनास्थलमै मृत्यु भएको हो भने अन्य घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

वृद्धाश्रममा १३२ जना बसोबास गरिरहेका थिए । उद्धार कार्यमा आपतकालीन सेवाका कर्मचारीसँगै स्थानीय बासिन्दाहरूले पनि सक्रिय भूमिका खेलेका थिए । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही बासिन्दालाई झ्याल फोरेर बाहिर निकालिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानअनुसार अक्सिजन ट्याङ्की विस्फोटपछि आगो लाग्न सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : १७ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध