हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु « Khabarhub

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार (जुन ६) सम्म मृत्यु भएका इरानी हज यात्रीको कुल सङ्ख्या १३ पुगेको छ ।”

“हालैका दिनहरूमा साउदी अरबका पवित्र शहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ,” इरनाले भनेको छ ।

इर्नाका अनुसार यो बर्ष ८६ हजार ७०० इरानीहरू तीर्थयात्राका लागि साउदी अरब गएका छन् ।

गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो ।

अत्यधिक गर्मीका कारण शरीरको प्राकृतिक चिसोपना र प्रणालीहरू अस्तव्यस्त हुँदा समस्या उत्पन्न हुन्छ, जसले गर्दा चक्कर आउने र टाउको दुख्ने देखि अङ्गहरूले काम गर्न छोड्ने र मृत्यु हुनेजस्ता लक्षणहरू देखा पर्छन्।

शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीहरूलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरिरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न अन्य सावधानीहरू अपनाउन पनि सल्लाह दिइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जलवायु परिवर्तनका कारण हरेक वर्ष कम्तीमा पनि पाँच लाख मानिसको मृत्यु हुने गरेको आँकलन गर्दै वास्तविक सङ्ख्या ३० गुणासम्म हुन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ८ : २८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा