यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स « Khabarhub

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । आगामी दसैँको फूलपातीमा प्रदर्शनको तयारी गरिएको ‘बलिदान’ मा सौगात मल्लको सशक्त भुमिका रहेको लुक्सले संकेत गरेको छ ।

सार्वजनिक पोस्टरमा सौगात मल्ल लामो कपाल र दाह्रीमा देखिएका छन् । पहिलो पोस्टरमा सौगात मल्ल एक युद्धक शैलीमा प्रस्तुत छन्। उनी घाइते अवस्थाजस्तो देखिन्छन्—माटो, रगत र पसिनाले भरिएको शरीर, तिनै संघर्षको संकेत पहिलो पोस्टरले दिन्छ ।

हातमा समातेको भारी, पुरातन शैलीको हतियारले उनको क्रान्तिकारी र रक्षात्मक स्वभाव झल्काउँछ। अनुहारमा गहिरो भाव—क्रोध, वेदना र विद्रोह मिसिएको छ। झ्यालबाट छिर्दै गरेको उज्यालोले यो दृश्यलाई नाटकीय र रहस्यमयी बनाएको छ।

दोस्रो पोस्टरमा सौगात मल्ल भिडको अगाडि उभिएका छन् । अनुहारमा शान्त तर दृढ भाव छ। पछाडि मशाल बोकेका मानिसहरूको उपस्थितिले फिल्ममा विद्रोह, क्रान्ति र जनताको आवाज उठाउने भाव प्रकट गर्छ। उनको शरीरमा लपेटिएको खैरो चोला, र पुरातन शैलीको लुक्सले ऐतिहासिक पृष्ठभूमिमा आधारित कथा संकेत गर्छ।

यसअघि निर्माण पक्षले फिल्मका नायक समीर भट्ट फिचर्ड दुई पोस्टर सार्वजनिक गरेका थियो ।

आगमी दशैँमा पाँचभन्दा बढी फिल्मले प्रदर्शन मिति तय गरेका छन् । सन्तोष जुनसुकै अवस्थामा दशैँमै यो फिल्म प्रदर्शन गर्ने तयारीमा देखिएका छन् ।

यस फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय छ । आसुसेन फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता ब्राडफोर्ड विष्ट हुन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : २९ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले