पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ « Khabarhub

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दामा असन्तुष्टि प्रकट गरे।

अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलिलाई जग्गा उपलब्ध गराइएको जिकिर गरे । यस विषयमा कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको र अदालतबाट आउने फैसलालाई आफूले सम्मान गर्ने बताए।

देशभर साङ्गठनिक सुदृढीकरण गर्न जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : ४८ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र