आज २०८२ साल असार २३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुलाई ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन त्यति राम्रो छैन। स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपुरो हुनेछ। खानामा अरुची बढ्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ।

वृष : दिन राम्रो छ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : हिनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ती मिल्नेछ। अप्रिय खबर आउनसक्छ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ।

कर्कट : बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या आउनेछ। धर्मकर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा हुन आवश्यक छ। भाग्यस्थानमा उदयमान शुक्र पुगेकाले शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दुख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

कन्या : धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ती मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

तुला : दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्र बढ्नेछन््। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाईको विरुद्ध लाग्नेहहरु सक्रिय हुनेछन।

वृश्चिक : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा हुनु आवश्यक छ। भाग्यस्थानमा उदयमान शुक्र पुगेकाले शिक्षाको क्षेत्रमा राम्रो छ।

धनु : दिन सामान्य रहेको छ। मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अड्चन आउन सक्छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको तपाईको प्रयास सफल हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले मनमा खटपटी आउनेछ।

मकर : संचित धन खर्च हुने दिन छ। खर्च बढेपछि इज्जत बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा भने अवरोध बढ्नेछ। सतर्क हुनुपर्ने दिन छ।

कुम्भ : धार्मिक कार्यको सहभागीताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालिन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या हुने सम्भावना छ। गणेश भगवानको आरधना गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ०७ बजे

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा