आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित « Khabarhub

आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात पारेको छ। ६०८ रनको लक्ष्य पाएको इङ्गल्यान्डले २७१ रनमा सम्पूर्ण विकेट गुमाएको हो।

इङ्गल्यान्डको पारी ध्वस्त गर्ने क्रममा आकाश दीपले ६ विकेट लिए। उनले पहिलो पारीमा चार विकेट लिएका थिए। कप्तान शुभ मन गिलले यस टेस्टमा स्टार बलर जसप्रित बुमराहलाई आराम दिँदै आकाश दीपलाई असर दिने निर्णय गरेका थिए।

पहिलो पारीमा ५८७ रन जोडेको भारतले विपक्षीलाई ४०७ रनमा रोकेको थियो। यसै गरी भारतले दोस्रो पारीमा ६ विकेटको क्षतिमा ४२७ रन जोडेर पारी समाप्तिको घोषणा गरेको थियो। चौथो पारीमा इङ्गल्यान्डका जेम स्मिथले ८८ रन जोडे।

पहिलो पारीमा २६९ तथा दोस्रो पारीमा १६१ रन जोडेका कप्तान गिल म्यान अफ द म्याच भए। जितपछि शृङ्खलामा १-१ को बराबरी भएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : २८ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल