ट्रम्प र नेतन्याहूबीच वार्ता हुँदै, इजरायल–हमास सम्झौता हुने आशा | Khabarhub Khabarhub

ट्रम्प र नेतन्याहूबीच वार्ता हुँदै, इजरायल–हमास सम्झौता हुने आशा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गरेका छन् । 

इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको थियो । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौतामा पुग्नेछन् । 

आइतबार ट्रम्पले सम्झौतामा पुग्ने ‘प्रबल सम्भावना’ रहेको बताएका थिए ।  

‘हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,’ उनले पत्रकारहरूसँग भने । 

नेतन्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताएका थिए ।
 
झण्डै दुई वर्षको युद्धपछि मानवीय संकटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेका छन् । 

नेतन्याहूले भने, ‘हामी सहमत भएका शर्तमा सम्झौतामा पुग्नका लागि ‘स्पष्ट निर्देशन’ सहित टोलीलाई दोहा पठाएको छु ।’
 
यसअघि उनले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताएका थिए । 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : २४ बजे

ट्रम्पको प्रस्तावबारे जेलेन्स्कीको अडान- युक्रेनी भूमि रूसलाई दिने सर्तमा युद्धविराम सम्भव छैन

किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै हालतमा युक्रेनलाई दोस्रो पटक

क्रिकेटर ललित राजवंशीकी आमाको निधन

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा

कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू)

कीर्तिपुर – श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट अर्थात्‌ प्रतिपदादेखि अष्टमीसम्म आठ

गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी) ले गाजा सिटी कब्जा

मिस एण्ड मिसेस् युनिभर्सल सिजन ४ को आवेदन खुला, दोस्रो अडिसन असार ३१ गते

काठमाडौं– स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने ‘मिस एण्ड मिसेस् युनिभर्सल सिजन