डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती (तस्बिरहरू) « Khabarhub

डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती (तस्बिरहरू)


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ।
ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए । उनीहरूलाई खान-बस्नकै समस्या भएको छ । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू अन्योलको स्थितिमा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : ४३ बजे

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा