‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि « Khabarhub

‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिलाई तीन साताको समयावधि तोकिएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दललाई समेटेर गठन गरिएको समितिलाई तीन साताको समयावधि दिइएको हो । समितिमा नेपाली सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई र प्रमसख प्रतिपक्षी माओवादीसहित अन्य दुई दलबाट एक–एक जना सांसदलाई छानबिन विशेष समितिमा राखिएको छ ।

निजामती कर्मचारीसम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन गर्न गठन भएको समितिका लागि सबै दलले नामावली बुझाइसकेका छन् ।

सभामुखको सचिवालयका अनुसार कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्कीको नाम आएको छ ।

सचिवालयले छानबिन विशेष समितिलाई २१ दिनको समयावधि दिइएको पनि जनाएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत पारित गरेको ‘कुलिङ पिरियड’ को व्यवस्था हटाइएपछि समिति गठन भएको हो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : २५ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश