युक्रेनमा रूसी आक्रमण, चार जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमण, चार जनाको मृत्यु


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् । 

पूर्वको सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राम मार्फत जनाएको छ ।

क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ । घटनाको पुष्टि गर्दै अधिकारीहरूले घाइते भएकामध्ये अधिकांश खार्किभ र डिनिप्रोपेट्रोभस्कको पूर्वी क्षेत्रहरूका रहेको बताएका छन् ।

रूसी ड्रोनहरूले राजधानी किएभमा आक्रमण गर्दा भवनहरूमा समेत क्षति पुगेपनि कुनै हताहत नभएको नगर प्रमुखले टेलिग्राममार्फत जनाएका छन् ।

रूसको रक्षा मन्त्रालयले आइतबार राति मस्को क्षेत्रमा आठ वटा र बाँकी ९१ वटा ड्रोनहरू अधिकांश युक्रेनको सिमानामा खसालेको बताएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : ४९ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश