प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी « Khabarhub

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर उनले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए । 

प्रधानमन्त्री ओलीले सम्मेलनपूर्व असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओली असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए । 

सम्मेलनमा प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए । 

सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने अवगत गराएको बताए । 

प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए । 

‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास साझेदारीका प्राथमिकताहरू मुखरितका प्रयास गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ । आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।’

सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए । नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरू रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरू सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको बताए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : १२ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज