सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा « Khabarhub

सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मध्यान्ह भेट गरेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि चौधरीले सोमबार मध्यान्ह बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन् ।

चौधरीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा एक्लै भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणबारे जानकारी गराएका छन् ।

नाउपाले आइतबार मात्रै संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यसअघि नै सुदूरपश्चिम सरकार पनि नाउपाले छाडेको छ ।

सरकार छाडेको जानकारी आइतबार नै नाउपाले सभामुखलाई दिइसकेको छ। त्यसपछि सोमबार मात्रै प्रतिनिधिसभाको बैठकमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा बसेकी छन् ।

सुदूरपश्चिम सरकारबाट मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि तनाव बढेको हो। त्यहीकारण नाउपाको कांग्रेस–एमालेसँगको सम्बन्ध बिग्रिएको छ ।

चौधरीले सोमबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने तयारी गरेका छन्। नाउपा बाहिरिएसँगै संविधान संशोधन गर्ने वर्तमान सरकारको योजनामा धक्का लागेको छ । उता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि सरकार छाड्न खुट्टा उचालेर बसेको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ३८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र