निको हुँदै राजावादी आन्दोलनमा गोली लागेकी रेबिका, अस्पतालबाटै दिइन् जाँच | Khabarhub Khabarhub

निको हुँदै राजावादी आन्दोलनमा गोली लागेकी रेबिका, अस्पतालबाटै दिइन् जाँच


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

गत चैत १५ गते २ जनाको ज्यान जाने गरी भएको राजावादी आन्दोलन क्रममा गोली लागेर घाइते भएकी रेबिका खत्री अझै सिभिल अस्पतालमा उपचाररत छिन् । 

उपचारकै क्रममा सिभिल हुँदै टिचिङ अस्पतालसम्म पुर्‍याएकी रेबिका धेरै पटकको शल्यक्रिया पछि अहिले थोरै भएपनि हिँड्न सक्ने अवस्थामा पुगेकी छिन् । मुख्य नसा ब्लक गरेर अन्य सहायक नसाको सहयोगमा उनको खुट्टा चलिरहेको छ । केही समयपछि फेरि एउटा सामान्य अप्रेसन गरिसकेपछि मात्रै अस्पतालले उनलाई छुट्टी दिने भनेको छ । 

रेबिकाजस्तै आन्दोलनमा कुनै सरोकार नै नभएका धेरै जना गोली लागेर घाइते भएपछि सबैको उपचार खर्च सरकारले बेहोर्ने घोषणा गरेको थियो । सोही अनुसार उपचार खर्च बेहोर्यो पनि । विभिन्न अस्पतालमा उपचार पछि सबै बिरामी निको भएर घर फर्किसकेका छन् । 

तर आन्दोलनमै घाइते रेबिकासँगै उनको सिँगो परिवारले अहिलेसम्म दुःख पाइरहेको छ । उदयपुरको चौदण्डीघर भएकी रेबिकाका बुवा आमा लगायतका परिवारका अन्य सदस्यहरू पालैपालो छोरीका उपचारका लागि काठमाडौँ आउजाउ गर्छन् । 

यो पनि पढ्नुहोस्

आन्दोलनमा नगएका दिनेश र रेबिकालाई जब कोठा छिर्नै लाग्दा गोली लाग्यो…

यो ३ महिनाको अवधिमा काठमाडौंको बसाईँ, खानपान र घर आवतजावत गर्दा लागेको खर्चको भने कुनै लेखाजोखा नभएको उनका बुवा तुलसीराम खत्रीले बताए । साथै सिभिल अस्पतालमा सुरुमा लागेको करिब ७ लाख खर्चको भुक्तानी सरकारले अहिलेसम्म नगरेको खत्रीको गुनासो छ । 

‘दुई दिनपछि होसमा आउँदा अस्पतालको बेडमा पाएँ’
कोटेश्वरस्थित डेरामा छिर्नै लाग्दा रेबिकासँगै रहेका दाजु दिनेश खत्रीलाई पनि गोली लागेको थियो । दाजुलाई थोरै मात्रै छोएर गएको गोलीले रेबिकाको बायाँ खुट्टाको तिघ्रा नै छेड्यो । स्थानीयको सहयोगमा घाइते दाजुले रेबिकालाई सिभिल अस्पतालसम्म पुर्याए । खबरहबसँग कुरा गर्दै रेबिकाले भनिन् अस्पताल पुग्नेबेलासम्म मलाई अलिअलि याद छ, त्यसपछि के भयो केही थाहा छैन । 

२ दिनपछि होसमा आउँदा ठूलो बेडमा पल्टिएको र आफ्नो अगाडि ठूला ठूला मेसिनहरू चिकित्सक तथा नर्सहरूको टोली वरिपरि उभिएको देख्दा मैले कस्तो प्रतिक्रिया जनाउने हो ? म कहाँ छु ? मलाई के भएको हो ? मैले केही ठम्याउन सकिनँ र बिस्तारै सिष्टरसँग सोध्दा सिभिल अस्पतालमा रहेको थाहा पाएको रेबिकाले बताइन् । 

उपचारको सुरुवाती अवस्थामा आफ्ना हरेक दैनिक क्रियाकलापका लागि अरुको सहायता चाहिने उनी अहिले आफैँ हिँडेर शौचालयसम्म जानसक्ने भएकी छन् ।

यो पनि पढ्नुहोस् 

दुई महिनादेखि अस्पतालमै रेबिका, सातौँ पटक शल्यक्रिया गर्दा पनि निको भएन गोली लागेको खुट्टो

उपचार सँगसँगै हिम्मत पनि चाहिने रहेछ भन्दै रेबिका भन्छिन्– होसमा आइसकेपछि आफ्नो अवस्था देखेर पनि मैले हिम्मत हारिन मलाई निको हुन्छ भनेर मनोबल बढाउँदै गएँ । अहिले पनि थेरापी भइरहेको छ । आफैँ हिँड्ने प्रयास गरिरहेकी छु ।

उपचारका क्रममा चिकित्सक तथा नर्सहरुबाट राम्रो उपचार, घरपरिवार तथा साथीहरूको साथ र हौसलाले आफू अहिलेको अवस्थामा पुगेको उनी बताउँछिन् । 

 अस्पतालको शैयाबाटै परीक्षा 

कोटेश्वर मल्टिपल क्याम्पसमा व्यवस्थापन संकाय बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले वार्षिक परीक्षा पनि अस्पतालबाटै दिएकी छन् ।  क्याम्पस प्रशासनको सहयोगमा अस्पतालबाटै परीक्षा दिएको उनले बताइन् । कक्षा लिन नपाए पनि परीक्षा राम्रो भएको र परिणाम राम्रै आउने उनले आशा व्यक्त गरेकी छन् । 

उपचारपछि थोरै हिँड्न सक्ने अवस्थामा पुगे पनि खुट्टाको मुख्य नसाले नै काम नगरेपछि खुट्टो पहिलेको अवस्थामा नआउने चिकित्सकले बताएका छन् । 

मुख्य नसा बन्द गरेर सहायक नसाबाट अहिले खुट्टा चलिरहेको छ । जे नहुनु घटना घटिहाल्यो सरकारले उपचार गरेर मात्रै भएन भविष्यको लागि पनि सोचेर केही गरिदिन पाएँ बाँच्न सहज हुने थियो भन्ने रेबिकाको अपेक्षा छ। 

तीन भाइबैनी मध्येकी कान्छी रेबिका काठमाडौंमै पढाइसँगै पार्ट टाइम काम गरेर आफ्नो खर्च जुटाउँदै आएकी थिइन् । कामबाट फर्किँदै गर्दा उनलाई गोली लागेको हो ।

यो पनि पढ्नुहोस्

राजावादी आन्दोलनमा घाइते रेबिकाको सातौं पटक अप्रेशनपछि स्वास्थ्यमा सुधार

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ०४ बजे

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

मेची भन्सारको सेवा सुचारु

झापा– जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले

नेपालको जेन-जी आन्दोलनबारे के भन्छन् बलिउड सेलेब्रिटी ?

काठमाडौं– नेपालमा हालै जेन-जेड युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला