स्पेन भ्रमणबारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो « Khabarhub

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विभिन्न देशका उच्चपदस्थ सहभागी सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका हुन् ।

उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्य पूर्तिमा थप गति दिन योगदान दिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।

सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने धारणा राखे ।

उनले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए । 

नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरू रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरू सामु प्रभावकारी नेतृत्व गर्न सक्ने झल्को दिएको स्पष्ट गरे ।

सम्मेलनको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गरी सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाको लागि आव्हान गरेको जानकारी गराए । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए । 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ०२ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश