२२ अंकले घट्यो नेप्से, कारोबार कति ? | Khabarhub Khabarhub

२२ अंकले घट्यो नेप्से, कारोबार कति ?


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अंकले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ७१ हजार ३१३ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ६१ र म्युचुअल फण्ड शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव ७९, विकास बैंक शून्य दशमलव ८१, वित्त तीन दशमलव ७६, जलविद्युत् एक दशमलव ०२ र लगानी समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।

 त्यस्तै, जीवन बिमा शून्य दशमलव ९३, उत्पादन तथा प्रशोधन एक दशमलव २४, लघुवित्त शून्य दशमलव ७०, निर्जीवन बिमा शून्य दशमलव ६६, व्यापार एक दशमलव २५ र अन्य समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडको रू ८० करोड ७० लाख ५६ हजार चार सय ५१ बराबरको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै २१ लाख १९ हजार ८१७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ०६ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना