इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह « Khabarhub

इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलले सोमबार अपिल दायर गरेको छ । ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनी एप्पललाई प्रयोगकर्ताका लागि ‘खराब’ परिवर्तन गर्न बाध्य पारेको आरोप लगाएको छ ।
 
युरोपेली आयोगले अप्रिलमा एप्पललाई आफ्नो एप स्टोरबाहिर ग्राहकलाई ‘स्टीयरिङ’ गर्नबाट रोकेको भन्दै एप्पललाई जरिवाना लगाएको थियो ।

एप्पलले भनेको छ, ‘युरोपेली आयोगको निर्णय र अकल्पनीय जरिवाना कानूनी दायराभन्दा धेरै टाढा छ । आज हामीले हाम्रो अपील दायर गरेका छौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अपिलले देखाउँछ कि आयोगले हामीमाथि कसरी व्यावसायिक सर्तहरू मान्न बाध्य पार्दैछ विकासकर्ताहरूको लागि भ्रामक र प्रयोगकर्ताहरूको लागि खराब छ भन्ने कुरा हाम्रो अपिलले पुष्टि गर्नेछ । हामीले दैनिक जरिवानाबाट बच्नका लागि आयोगका सर्त मानेका छौँ । परेको बेला इयू अदालतसँग तथ्यहरू साझा गर्नेछौँ ।’

एप्पलले नयाँ दैनिक जरिवानाबाट बच्न सकियोस् भनी गत महिना युरोपमा आफ्नो एप स्टोर भुक्तानी नियमहरूमा परिवर्तनको घोषणा गरेको थियो । 

परिवर्तित एप स्टोर भुक्तानी नियमहरूमा विकासकर्ताहरूलाई उनीहरूको अनुप्रयोगभित्र उपभोक्ताहरूलाई सीधै विभिन्न भुक्तानी विकल्पहरू प्रस्ताव गर्न अनुमति दिनसक्ने पनि उल्लेख छ । आयोगले अहिले ती परिवर्तनको मूल्यांकन गरिरहेको छ ।
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : १३ बजे

एम्बुलेन्सबाट गाँजा बरामद, दुईजना भारतीय नागरिक पक्राउ

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ

 करिब १ सय ४८ किलो गाँजासहित दुईजना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १ सय ४८ किलोग्राम सहित

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

राज्यकोषबाट दोहोरो सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्दै सरकार

काठमाडौं– राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

कर्णाली– कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ