जसपाका फरार नेता यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ | Khabarhub Khabarhub

जसपाका फरार नेता यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले एकपछि अर्को विवादित अभिव्यक्ति दिइरहेका छन् ।

जसपा नेता यादवले प्रहरीद्वारा आफूमाथि दमन भएको भन्दै राष्ट्रहितविपरीतका अभिव्यक्ति दिन थालेका हुन् । प्रहरीको खोजीको सूचीमा रहेका उनले आइतबार करिब १० मिनेटको भिडियो सार्वजनिक गर्दै आफूलाई नेपालीभन्दा बिहारीका रुपमा प्रस्तुत गरेका छन् ।

उनले पहाडिया नश्लवादीहरूले आफूमाथि दमन गरेको भन्दै त्यसविरुद्ध समग्र बिहारबासी आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् । यादवले बिहार र मधेशको रोटीबेटीको सम्बन्ध रहेको तर्क गर्दै भारतीयसँग गुहार मागेका हुन् ।

उनी त्यतिमा मात्रै रोकिँदैनन्, नेपालबाट मधेश एक दिन अलग हुने र हुनुपर्ने आपत्तिजनक अभिव्यक्तिसमेत दिएका छन् ।

हिन्दी भाषामा बोलेका उनले आफूलाई नेपालको प्रहरीले दमन गरेको आरोप लगाएका छन् । त्यहीकारण आफूलाई बिहार सरकारले सहयोग गर्नुपर्ने जिकिर पनि उनले गरेका छन् ।

‘मधेश आज नभए भोलि नेपालबाट अलग हुन्छ,’ यादवले आपत्तिजनक भाषासहित भनेका छन्, ‘यो राजनीतिक आन्दोलन हो, भारतको समर्थन आवश्यक छ। बिहारबासीहरूले हाम्रो न्यायका लागि आन्दोलनमा उत्रिदिनुपर्छ ।’

यादवले नेपालमा मधेसी समुदायमाथि सदियौँदेखि शोषण र भेदभाव हुँदै आएको पनि आरोप लगाए । खस र पहाडिया नश्लवादी सोच बोकेकाले मधेशीलाई दोस्रो दर्जाको नागरिक मान्ने गरेको पनि उने बताए । उनले कुनै बेला ‘मधेश जनविद्रोह’मा आफूले सक्रिय भूमिका खेलेको बताउँदै यादवले भारतले अबको आन्दोलनमा सघाउनुपर्ने पनि जिकिर गरेका छन् ।

यादव नेपाल प्रहरीको खोजी सूचीमा छन् । तर उनले भारतीय र बिहार प्रशासनसँग आफूलाई पक्रन आएमा नेपाल प्रहरीलाई असहयोग गर्न भनेका छन् ।

आफूलाई झूटो आरोपमा फसाउने प्रयास भइरहेको आरोप लगाएका उनले भिडिओ सन्देशमार्फत् सर्लाही प्रहरी प्रमुख एवम् एसपी योगेन्द्रकुमार खड्का र डीएसपीसहितका प्रहरी अधिकृतलाई गम्भीर आरोप लगाएका छन् । सर्लाहीका एसपी र डीएसपीले ‘गुण्डागर्दी’ गरेको बताएका उनले राति कार्यालय खोलेर कमिशन उठाउने गरेको आरोप पनि लगाए ।

जसपाका प्रदेश अध्यक्ष यादवविरुद्ध सर्लाही प्रहरीले सातवटा आपराधिक मुद्दा दर्ता जाहेरी लिएको छ । सर्लाहीका प्रहरी प्रमुख खड्कालाई फोन गरेर उनले धम्की र गाली बर्साएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवमाथि एउटा चोरी, पाँचवटा अभद्र व्यवहार र एउटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा अघि बढेको जानकारी दिएको छ ।

यादवविरुद्ध २०५७ पुस ८ गते अभद्र व्यवहार, २०६६ असोज १० मा चोरी, २०७२ पुस ५ गते सरकारी सम्पत्ति तोडफोड, २०७३ साउन १३ गते कार्यालयभित्र र्मचारीलाई धम्क्याउने काम गरेको आरोपमा जाहेरी परेको छ । त्यसैगरि २०७३ मंसिर २९ गते ड्युटीमा तैनाथ प्रहरीमाथि हातपात गरेको अभियोगमा पनि यादवविरुद्ध जाहेरी परेको छ ।

उनले पछिल्लो पटक यही बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख एवम् एसपी खड्कालाई ‘लुटेरा’को संज्ञा दिँदै तथानामा गाली गरेका थिए । त्यसपछि उनलाई प्रहरीले खोजिरहेको छ । तर अहिलेसम्म उनी फरार छन् । सम्भवत: उनी अहिले भारतको बिहारमा लुकेर बसेको अनुमान छ ।

यादवले उक्त भिडियोमा यसअघि डा. सीके राउतले मधेश नेपालबाट छुट्टिएर अलग्गै राष्ट्र बन्नुपर्छ भनेर दिएको अभिव्यक्तिको पनि समर्थन गरेका छन् । यादवले आफूसहित मधेशवासीले शासकबाट धेरै अन्याय सहेकाले अब नेपालबाट मधेशलाई अलग बनाउन भारतले पनि सहयोग गर्नुपर्ने कुरा हिन्दीमा बताइरहेको सुन्न सकिन्छ । यसअघि नै सातवटा मुद्दा खेपिरहेका यादवको यो अभिव्यक्तिले उनीमाथि थप मुद्दा अघि बढ्न सक्ने कानुन व्यवसायीहरूको तर्क छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : २० बजे

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा