पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग « Khabarhub

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज गर्न सरकारी वकिलले सोमबार माग गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा भएको आन्दोलनका क्रममा हसिनाको सरकारले सत्तामा टिक्ने असफल प्रयासस्वरूप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना शरण लिन भारतको शरणमा पुगेकी थिइन् । सरकारले पछि उनलाई स्वदेश फर्कन र उनीमाथि लागेका अभियोगको सामना गर्न दिएको आदेश पालना नगरेपछि उनको अनुपस्थितिमा जुन १ मा उनीविरूद्धको मुद्दाबारे सुनुवाइ सुरु भएको थियो ।

सरकारी वकिल मोहम्मद अमिर हुसेनले भनेका छन्, ‘मैले मलाई सबै आरोपबाट मुक्त हुन माग गरेको छु । किनभने मैले हसिनासँग प्रत्यक्ष रुपमा कुरा गर्न पाएको थिइन । ती मुद्दा झुटा, मनगढन्ते र राजनीतिबाट प्रेरित देखिन्छन् ।’ 

अभियोजकहरूका अनुसार हसिनाले हिंसाको सम्पूर्ण जिम्मेवारी आफूले लिने तर ती सबै एउटा शासकले देशमा नियम र कानुनको आधारमा गर्नुपर्ने जिम्मेवारी भएको बताएका थिए । 

अभियोजकहरूले उनीविरुद्ध पाँच वटा अभियोग दायर गरेका छन् जसमा सामूहिक हत्या रोक्न असफल हुनु पनि समावेश छ, जुन बङ्गलादेशी कानून अन्तर्गत मानवता विरुद्धको अपराध हो ।
 
हसिनाविरूद्धको मुद्दाको सुनवाई  १० जुलाईका लागि स्थगित भएको छ । यसअघि जुलाई २ मा हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ४१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली