रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन « Khabarhub

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत रकम ठगी प्रकरणमा भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा थालिएको हस्ताक्षर अभियानलाई ‘राजनीतिक प्रोपोगान्डा’को संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नमिल्ने निचोडसहित थुनामै राख्न भनेको अवस्थामा रास्वपाले थालेको हस्ताक्षर अभियानलाई उनले राजनीतिक प्रपोगान्डा भनेका हुन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधनका क्रममा सहकारीको ठगी छानबिनसम्बन्धी संसदीय समितिका अध्यक्षसमेत रहेका थापाले रास्वपाको कदमको औचित्य नरहेको बताएका हुन् ।

‘२०८२ असार ७ गते नै भैरहवा कारागारमा पुर्पक्षमा रहेका एक व्यक्तिको नाममा १५ पृष्ठको अपिल आएको छ । त्यसलाई अपिल भनेको छैन, मैले त याचना पत्र भनेको छु । त्यही याचनापत्रसहित अहिले हस्ताक्षर अभिायन जारी छ,’ उनले भने, ‘सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन् । त्यसलाई प्रतिशोध भन्ने कि राजनीति ? त्यसलाई प्रतिशोध भन्दै हस्तक्षर अभियान चलिरहेको छ, त्यो राजनीति हो । त्यो राजनीतिक प्रोपोगाण्डा हो ।’

उनले सहकारी ठगी प्रकरणमा अदालतबाट उन्मुक्ति नपाएपछि रविका नाममा रास्वपाले राजनीतिक प्रचार गरेको बताए । ‘त्यो आफ्नो रोटी सेक्ने उपक्रम हो । म दाबीसहित भन्छु, सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यसलाई कुनै पनि हस्ताक्षरले बदल्न सक्दैन’, उनले भने ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ४४ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक