‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा « Khabarhub

‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कुलिङ अफ पिरियड प्रकरणको छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने बताएका छन् ।  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले कांग्रेसकै सांसद रहेको सभापतिमाथि छानबिन गर्न बनेको समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने तर्फ सभामुखको समेत ध्यानाकर्षण गराएको बताए । 

छानबिन समितिको नेतृत्व नगर्न रास्वपाले दिएको सुझावलाई गम्भीर रूपमा नलिएको उनले बताए । परियारले रास्वपा निर्णायक शक्ति नभएकाले गलत कुराहरूलाई रोक्न नसकिएको धारणा राखे । 

उनले कुलिङ अफ पिरियड प्रकरणको छानबिनका लागि राज्य व्यवस्था समितिका सभापतिले राजीनामा दिनुपर्ने सुझाव समेत कार्य व्यवस्था परामर्श समितिमा दिएको जानकारी दिए ।  

परियारले छानबिन समितिको नेतृत्वको विषयमा असहमति हुँदाहुँदै पनि संसदमा भएका गलत कामलाई रोक्नका लागि पार्टीबाट छानबिन समितिमा सदस्य पठाएको बताए । 

उनले सार्वभौम संसद् बनाएको कानूनलाई कुनै अमुक व्यक्ति वा संस्थाबाट प्रभावित भएर परिवर्तन गर्ने जस्तो कुरा अब उपरान्त कहिले पनि नहुने गरी विशेष छानबिन समितिले काम गर्ने विश्वास व्यक्त गरे।  

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : १३ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश