एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा « Khabarhub

एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसँग एकता गर्ने नीति र सोच नरहेको बताएको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गरेर एमालेसँग पार्टी एकता गर्ने नीति र सोच नभएको प्रष्टिकरण दिएका हुन् । 
 
केही सञ्चारमाध्यमहरूमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर वाम एकताको प्रस्ताव गरेको दाबीसहित समाचार प्रकाशन भएको थियो । 

‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ,’ प्रवक्ता सापकोटाले भनेका छन्, ‘वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’ 

उनले एमालेबाहेकका अन्य कम्युनिस्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरूसँग एकताबारे छलफल भइरहे पनि एमालेसँग एकताको चर्चासम्म पनि नचलेको बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : २८ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण