एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा « Khabarhub

एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसँग एकता गर्ने नीति र सोच नरहेको बताएको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गरेर एमालेसँग पार्टी एकता गर्ने नीति र सोच नभएको प्रष्टिकरण दिएका हुन् । 
 
केही सञ्चारमाध्यमहरूमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर वाम एकताको प्रस्ताव गरेको दाबीसहित समाचार प्रकाशन भएको थियो । 

‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ,’ प्रवक्ता सापकोटाले भनेका छन्, ‘वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’ 

उनले एमालेबाहेकका अन्य कम्युनिस्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरूसँग एकताबारे छलफल भइरहे पनि एमालेसँग एकताको चर्चासम्म पनि नचलेको बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : २८ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक