फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए « Khabarhub

फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेश बागलाई सामाजिक सञ्जालमा सामग्री सेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

डोटीका नेता बागलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको हो। उनले प्रतिनिधिसभाकी समानुपातिक सांसद छिरिङ्ग ल्यामु लामासम्बन्धी समाचार तथा लामु स्वयम्ले टिकटकमा पोस्ट गरेको भिडियो सामग्री फेसबुकमार्फत् सेयर गरेका थिए।

उक्त घटनाप्रति राप्रपाले गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै बाग पक्राउ लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएका छन्।

‘सञ्चारमाध्यममा प्रकाशित सामग्री सेयर गर्नु कुनै आपराधिक कृत्य होइन। यसलाई अपराध ठहर गर्दै पक्राउ गर्नु दमनकारी अभ्यास हो,’ उनले भनेका छन्, ‘यो कार्यले सरकारको असहिष्णु प्रवृत्ति प्रकट गरेको छ।’

राप्रपाले नेता बागको अविलम्ब र बिना शर्त रिहाइको माग गर्दै घटनाको भर्त्सना गरेको छ।

सांसद लामासम्बन्धी सामग्री सार्वजनिक साप्ताहिक पत्रिकामा आइसकेको र भिडियो स्वयम् सांसदले सार्वजनिक रूपमा पोस्ट गरेको अवस्थामा त्यसको सेयर गर्नुलाई अपराध ठहर गर्दै गरिएको पक्राउप्रति विभिन्न क्षेत्रबाट आलोचना भएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : २८ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि