फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए « Khabarhub

फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेश बागलाई सामाजिक सञ्जालमा सामग्री सेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

डोटीका नेता बागलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको हो। उनले प्रतिनिधिसभाकी समानुपातिक सांसद छिरिङ्ग ल्यामु लामासम्बन्धी समाचार तथा लामु स्वयम्ले टिकटकमा पोस्ट गरेको भिडियो सामग्री फेसबुकमार्फत् सेयर गरेका थिए।

उक्त घटनाप्रति राप्रपाले गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै बाग पक्राउ लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएका छन्।

‘सञ्चारमाध्यममा प्रकाशित सामग्री सेयर गर्नु कुनै आपराधिक कृत्य होइन। यसलाई अपराध ठहर गर्दै पक्राउ गर्नु दमनकारी अभ्यास हो,’ उनले भनेका छन्, ‘यो कार्यले सरकारको असहिष्णु प्रवृत्ति प्रकट गरेको छ।’

राप्रपाले नेता बागको अविलम्ब र बिना शर्त रिहाइको माग गर्दै घटनाको भर्त्सना गरेको छ।

सांसद लामासम्बन्धी सामग्री सार्वजनिक साप्ताहिक पत्रिकामा आइसकेको र भिडियो स्वयम् सांसदले सार्वजनिक रूपमा पोस्ट गरेको अवस्थामा त्यसको सेयर गर्नुलाई अपराध ठहर गर्दै गरिएको पक्राउप्रति विभिन्न क्षेत्रबाट आलोचना भएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : २८ बजे

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि