विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना « Khabarhub

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै मोरङका सुनचाँदी व्यवसायीहरूले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । 

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा पर्ने भएकाले उक्त करको व्यवस्था फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले र्‍याली निकालेर विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि करिब ३ घण्टा धर्ना दिएका हुन् । 

२ प्रतिशत विलासिता कर हटाउनुपर्ने, रत्न तथा आभूषणमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनचाँदी कारोबार निर्देशिका जारी गर्नुपर्ने तीन बुँदे माग राख्दै उनीहरूले आन्दोलन गरिरहेका हुन् । 

विगत दुई सातादेखि आन्दोलन गर्दा पनि व्यवसायीको कुरा नसुनेकाले प्यान नै खारेज गरेर बस्ने तयारी गरेको सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले बताए । उनले सुनचाँदी व्यवसायलाई संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।  

धर्ना कार्यक्रममा मोरङका विभिन्न पालिकाका सुनचाँदी व्यवसायीहरू, कर्मचारी र कालिगढहरूको सहभागिता रहेको थियो । उनीहरूले आफ्ना मागहरू पुरा नभएसम्म आन्दोलन गरिरहने चेतावनी गरेका छन् । 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ३९ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड