विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना « Khabarhub

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै मोरङका सुनचाँदी व्यवसायीहरूले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । 

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा पर्ने भएकाले उक्त करको व्यवस्था फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले र्‍याली निकालेर विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि करिब ३ घण्टा धर्ना दिएका हुन् । 

२ प्रतिशत विलासिता कर हटाउनुपर्ने, रत्न तथा आभूषणमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनचाँदी कारोबार निर्देशिका जारी गर्नुपर्ने तीन बुँदे माग राख्दै उनीहरूले आन्दोलन गरिरहेका हुन् । 

विगत दुई सातादेखि आन्दोलन गर्दा पनि व्यवसायीको कुरा नसुनेकाले प्यान नै खारेज गरेर बस्ने तयारी गरेको सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले बताए । उनले सुनचाँदी व्यवसायलाई संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।  

धर्ना कार्यक्रममा मोरङका विभिन्न पालिकाका सुनचाँदी व्यवसायीहरू, कर्मचारी र कालिगढहरूको सहभागिता रहेको थियो । उनीहरूले आफ्ना मागहरू पुरा नभएसम्म आन्दोलन गरिरहने चेतावनी गरेका छन् । 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ३९ बजे

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी