विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ « Khabarhub

विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वलाई थप सहयोग गरेर आफूहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा धारणा राख्ने क्रममा उनले सभापति देउवालाई थप सहयोग गरेर महामन्त्रीहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका हुन् । महामन्त्री शर्माले सभापति देउवाबाट आफूहरूले सहयोग पाउँदै आएको प्रसंग पनि बैठकमा सुनाए ।

‘आदरणीय समापतिज्यूले सबै कुरामा हामीसँग संवाद गर्दैगर्दा, महामन्त्रीहरूसँग बस्दै गर्दा, विभागहरू बनाउँदै गर्दा ‘तयार गर्नुस्, म तयार छु’ जहिले भन्दै आउनुभएको छ,’ उनले भने, ‘यसमा हामी थप सहयोग गरेर सभापतिज्यूको नेतृत्वलाई गर्न चाहन्छौँ । र गरेर व्यवस्थित गर्न चाहन्छौँ ।’

महामन्त्री शर्माले सभापति देउवासमक्ष सह-महामन्त्रीहरूलाई पनि जिम्मेवारी तोकिदिन आग्रह गरे । यद्यपि, सह-महामन्त्रीहरूलाई पार्टीले जिम्मेवारी नदिएको भन्ने विषय भने सत्य नभएको पनि प्रष्ट्याए ।

‘आदरणीय सभापतिज्यूले सल्लाह गरेर सह-महामन्त्रीज्यूहरूलाई पनि जिम्मेवारी तोक्ने कुरामा जाऔँ । यद्यपि, सभापतिज्यू सह-महामन्त्रीज्यूहरूलाई केही जिम्मेवारी नै नदिएको भन्ने कोणबाट पनि बुझिदिनु भएन,’ शर्माले भने ।

उनका अनुसार कुनै सहमहामन्त्रीले भ्रातृ संगठनको महाधिवेशनका लागि गठन गरिएको निर्देशन समिति र कुनै सह-महामन्त्रीले उपनिर्वाचनका बेला प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएको पनि बताए ।

‘कसैले निर्देशन समितिको संयोजकको जिम्मेवारी पाउनुभएको छ । कसैले उपचुनावको बेलामा प्रदेशलाई संयोजन गर्ने जिम्मेवराी पाउनुभएको छ,’ महामन्त्री शर्माले भने, तर, स्थायी रूपमा साथीहरूको के इच्छा हो, त्यसलाई पनि तोकौँ ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ०३ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि