राप्रपा नेताले सेयर गरेका थिए माओवादी सांसदले ‘किस गरिरहेको टिकटक भिडिओ’, अब चलाइयो मुद्दा « Khabarhub

राप्रपा नेताले सेयर गरेका थिए माओवादी सांसदले ‘किस गरिरहेको टिकटक भिडिओ’, अब चलाइयो मुद्दा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद छिरिङल्यामु लामाले किस गर्दै गरेको भिडियो सेयर गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना नेता पक्राउ परेका छन् ।

टिकटकमा सबैभन्दा पहिले पोस्ट गरेको उक्त भिडियो फेसबुकमा वालमा सेयर गरेर चरित्र हत्या गरेको आरोपमा राप्रपाका युवा नेता राबहादुर बडु ‘बाग’ पक्राउ परेका हुन् ।

पक्राउ परेका उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

माओवादी सांसद लामाले एआईबाट बनेको भिडियो बागले सेयर गरेर आफ्नो चरित्र हत्या र बदनाम गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएकी थिइन् ।

बागले आफ्नो फेसबुक वालमा केही दिनअघि उक्त टिकट भिडियो पोस्ट गरेका थिए । तर अहिले उक्त भिडियो उनको वालबाट गायब भइसकेको छ । उता टिकटकबाट पनि यो भिडियो हराएको छ भने यो टिकटक आइडीसमेत डिएक्टिभ गरिएको छ।

बागले सेयर गरेको भिडियोमा सांसद लामा एकजना पुरूषसँग किस गरिरहेको अवस्थामा थिइन् । उक्त भिडियो सांसद लामाले नै टिकटकमा हालेको बताइएको छ ।

पक्राउ परेका राप्रपाका युवा नेता बागले पनि प्रहरीसँग छिरिङ१२सेप टिकटक एकाउन्टबाट डाउनलोड गरेर फेसबुकमा हालेको बताएका छन् । उक्त टिकटक आइडी र भिडियो हटे पनि भाइरल भएको भिडियोमा उक्त आइडी प्रष्टसँग देख्न सकिन्छ ।

उक्त आइडी उनै माओवादी सांसद शेर्पाले चलाउने गरेको पनि खुलेको छ । तर अब राप्रपा नेताले उक्त भिडियोलाई लिएर हिरासत पुग्नु परेको छ।

प्रहरीले अहिलेसम्म शेर्पा आफैंले आफ्नो टिकटक एकाउन्टमा उक्त भिडियो हालिन् या अरू कसैले हालिदिए भन्ने चाहिँ खुलिन नसकेको जनाएको ।

युवाा नेता पक्राउलाई लिएर राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पत्रिकामा समाचार प्रकाशित हुँदा चाहिँ कारबाही नहुने तर भिडियो शेयर गर्दा भने कारबाही हुने सरकारको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन् ।

उक्त भिडियोमा रहेको किसिङ सिनसहितको समाचार छापेको जनआस्था साप्ताहिकबारे कुनै प्रश्न नगरेर भिडियो सेयर गरेको आरोपमा पक्राउ गरेर कारबाही चलाउनु आपत्तिजनक रहेको श्रेष्ठले बताएका छन् ।

‘नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद जुम्लाकी छिरिङ्ग ल्यामु लामाका बारे राष्ट्रिय स्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयम्ले टिकटकमा पोस्ट गरेको सामग्रीलाई शेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दु:ख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ। युवा नेता बागको अविलम्ब र बिना शर्त रिहाइका लागि राप्रपा सरकारसंग जोडदार माग गर्दछ’, श्रेष्ठले सोमबार भनेका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ४१ बजे

अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको रक्षाका लागि इरानमाथि

आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले