बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ०८ पैसा र बिक्रीदर १४० रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ६६ पैसा र बिक्रीदर १६३ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७१ पैसा र बिक्रीदर १८७ रुपियाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ६६ पैसा र बिक्रीदर १७४ रुपियाँ ४० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १४ पैसा र बिक्रीदर ९१ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९१ पैसा र बिक्रीदर १०९ रुपियाँ ३८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४३ पैसा र बिक्रीदर ३८ रुपियाँ ६० पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३३ पैसा र बिक्रीदर चार रुपियाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १४ पैसा र बिक्रीदर ३८ रुपियाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ १२ पैसा र बिक्रीदर ३३ रुपियाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५३ पैसा र बिक्रीदर १४ रुपियाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८० पैसा र बिक्रीदर २१ रुपियाँ ८९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ २९ पैसा र बिक्रीदर ४६० रुपियाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७३ रुपियाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६५ रुपियाँ ३९ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : २४ बजे

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी

इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे

तेहरान – मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ – गृह मन्त्रालयले बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ, चार मदिरा पसल सिल

रुपन्देही – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार