चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास « Khabarhub

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग चाँडै भेट गर्ने बताएका छन्। आफ्नो दूतको रुस भ्रमणको क्रममा भएको पुटिनसँगको भेटघाट सौहार्दपूर्ण भएपछि ट्रम्पले यस्तो बताएका हुन्।

रुसस्थित अमेरिकी दूतले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

यसअघि स्टिफ विटकोफसँगको वार्ताको विषय उठाउँदै क्रेमिलनले पनि सकारात्मक सम्भावना व्यक्त गरेको छ। ट्रम्पले युक्रेनसँग युद्ध विराम नगरे रुसमाथि लगाइने प्रतिबन्धको घोषणा गरेको एक दिनपछि सो भेटघाट भएको हो।

ट्रम्पले अमेरिकाका केही निकटस्थ युरोपेली देशसँग वार्ताको विषयमा सल्लाह गरेपछि सामाजिक सञ्जालमार्फत् यो कुरा सार्वजनिक गरेका हुन्।

हवाइट हाउसले रुसी नेतृत्व अहिले अमेरिकी राष्ट्रपतिसँग भेट्न तीव्र चाहनामा रहेको तथा अमेरिकी राष्ट्रपति पुटिन र जेलेन्सकी दुवैसँग भेट्न तयार भएको जनाएको छ।

युक्रेनी राष्ट्रपति जेलेन्सकीले अमेरिकी राष्ट्रपतिको दूतसँग भेट भएपछि यसको बारे युरोपेली साझेदार देशलाई जानकारी गराएका थिए।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : ५२ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको