रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’ « Khabarhub

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को ट्रेलर  सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आफ्नो जीवनको एक भावुक प्रसङ्ग सार्वजनिक रूपमा पहिलोपटक सुनाएका छन् ।

चेन्नाईमा आयोजित भव्य समारोहमा रजनीकान्तले भने, ‘एक समय यस्तो थियो कि म कुलीको रूपमा काम गर्दा धेरैपटक गाली खानु पर्थ्यो । एकदिन एउटा मान्छेले मलाई उसको सामान टेम्पोमा राख्न लगायो र त्यसको लागि मलाई  दुई रुपैयाँ मात्र दियो । मलाई उसको आवाज केही चिनेको जस्तो लाग्यो । यसो  हेर्दा त ऊ मेरो कलेजको साथी पो रहेछ ! जसलाई मैले विद्यार्थी जीवनमा जिस्काउने गर्थेँ ।’

त्यो क्षण रजनीकान्तका लागि अत्यन्त गहिरो घाउ बन्यो । ‘त्यो साथीले मलाई हेरेर भने, ‘त्यतिबेला तिमीलाई कति घमण्ड थियो नि अहिले आफ्नो हालत हेर’ भन्दै  मेरो काम र हालतमाथि हाँस्यो । त्यो अपमान सहन सकिनँ, रजनीकान्तले भावुक हुँदै भने, ‘त्यही पल थियो, जब म जीवनमा पहिलोपटक खुलेर रोएको थिएँ।’

ट्रेलर लञ्च कार्यक्रममा रजनीकान्तको यो भावुक स्वीकारोक्ति सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ। धेरै दर्शक र प्रशंसकहरूले उनको इमानदार प्रस्तुतिलाई समर्थन जनाएका छन् ।

फिल्म ‘कुली’ निर्देशक लोकेश कनागराजको निर्देशनमा बनेको हो, जसलाई अहिलेको समयको एक प्रतिभाशाली फिल्ममेकरको रूपमा लिइन्छ ।

लोकेशले फिल्ममा नागार्जुन, श्रुति हासन लगायतका कलाकारलाई समावेश गर्दै एक स्टार कास्ट प्रस्तुत गरेका छन् । रजनीकान्तको अहंकारविहीन प्रस्तुति र उनको संघर्षको कथा दर्शकहरूलाई भावनात्मक रूपमा छुने खालको देखिएको छ ।

‘कुली’ फिल्म साउन २९ गते (अगस्ट १४) देशभर विभिन्न भाषाहरूमा प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १० : २२ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले