रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’ « Khabarhub

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को ट्रेलर  सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आफ्नो जीवनको एक भावुक प्रसङ्ग सार्वजनिक रूपमा पहिलोपटक सुनाएका छन् ।

चेन्नाईमा आयोजित भव्य समारोहमा रजनीकान्तले भने, ‘एक समय यस्तो थियो कि म कुलीको रूपमा काम गर्दा धेरैपटक गाली खानु पर्थ्यो । एकदिन एउटा मान्छेले मलाई उसको सामान टेम्पोमा राख्न लगायो र त्यसको लागि मलाई  दुई रुपैयाँ मात्र दियो । मलाई उसको आवाज केही चिनेको जस्तो लाग्यो । यसो  हेर्दा त ऊ मेरो कलेजको साथी पो रहेछ ! जसलाई मैले विद्यार्थी जीवनमा जिस्काउने गर्थेँ ।’

त्यो क्षण रजनीकान्तका लागि अत्यन्त गहिरो घाउ बन्यो । ‘त्यो साथीले मलाई हेरेर भने, ‘त्यतिबेला तिमीलाई कति घमण्ड थियो नि अहिले आफ्नो हालत हेर’ भन्दै  मेरो काम र हालतमाथि हाँस्यो । त्यो अपमान सहन सकिनँ, रजनीकान्तले भावुक हुँदै भने, ‘त्यही पल थियो, जब म जीवनमा पहिलोपटक खुलेर रोएको थिएँ।’

ट्रेलर लञ्च कार्यक्रममा रजनीकान्तको यो भावुक स्वीकारोक्ति सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ। धेरै दर्शक र प्रशंसकहरूले उनको इमानदार प्रस्तुतिलाई समर्थन जनाएका छन् ।

फिल्म ‘कुली’ निर्देशक लोकेश कनागराजको निर्देशनमा बनेको हो, जसलाई अहिलेको समयको एक प्रतिभाशाली फिल्ममेकरको रूपमा लिइन्छ ।

लोकेशले फिल्ममा नागार्जुन, श्रुति हासन लगायतका कलाकारलाई समावेश गर्दै एक स्टार कास्ट प्रस्तुत गरेका छन् । रजनीकान्तको अहंकारविहीन प्रस्तुति र उनको संघर्षको कथा दर्शकहरूलाई भावनात्मक रूपमा छुने खालको देखिएको छ ।

‘कुली’ फिल्म साउन २९ गते (अगस्ट १४) देशभर विभिन्न भाषाहरूमा प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १० : २२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित