‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा « Khabarhub

‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनै पूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाईंकुण्ड पुगेको छ ।
 
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनै पूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित ६ जनाको टोली गोसाईंकुण्ड पुगेको हो ।

डा पदम जोशीको संयोजकत्वमा ‘माउण्टेन मेडिसिन सोसाइटीका चिकित्सक’ गोसाईंकुण्ड पुगेको हो । 

उक्त समूहमा डा अनिलकुमार शाह, डा प्रिन्स सिंह, डा सुजन पौडेल, डा समिर बस्नेत र प्यारामेडिक आङदावा शेर्पा छन्। सो समूहले एक हप्तासम्म गोसाइँकुण्डमा बसेर तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

उक्त टोलीले गोसाईंकुण्ड जाने भक्तजनलाई बाटोमासमेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाईंकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्ने जनाइएको छ । उक्त चिकित्सक समूहले गोसाईंकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने छ ।  

एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनै पूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : १७ बजे

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६