टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्बिरहरू) « Khabarhub

टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्बिरहरू)


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेष्ट भएको छ ।

बिहीबार बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेष्ट भएको हो ।

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन्।

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।

नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी-२० आई श्रृड्ंखला खेल्दै छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : ३४ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर