बौद्धमा यस वर्षपनि रोपाइँ जात्रा मनाइने « Khabarhub

बौद्धमा यस वर्षपनि रोपाइँ जात्रा मनाइने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धमा यस वर्षपनि भव्य रूपमा रोपाइँ जात्रा मनाइने भएको छ ।  

गाईजात्रा तथा रोपाइँ जात्रा मूला समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रा साउन २६ गते भव्य रूपमा मनाउने जनाएको हो । बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाई) सो क्षेत्रको पहिचानका रूपमा छ ।

यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, वाल लाँखे, युवा लाँखे , झाँकी लगायत विभिन्न विधामा प्रतिस्पर्धीहरुलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिका संयोजक जयमंगल लामाले जानकारी दिए  ।  

त्यस्तै काठमाडौं महानगरपालिका– ६ का वडाअध्यक्ष भुवन लामाले ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्नका लागि महानगरबाट यस वर्ष १५ लाख विनियोजन गरिएको जानकारी दिए । आफ्नो टोल समाजमा भएका संस्कृतिलाई सबै मिलेर जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए ।  

गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । खेतीपातीको कार्य सम्पन्न गरिएको खुसीयाली साथ मनाइने यो जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरधुरीबाट सहभागी हुने चलन छ । 

बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीहरूले रोपाइँ गरिँदा गरिने अनेकन् क्रियाकलापहरू जस्तै: हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीहरूसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन् । 

जात्रामा सहभागी हुनेहरू विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसालचोकसम्म पुगी पुनः बौद्धस्तुप परिसरमा फर्कने गर्दछन् । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १ : ३५ बजे

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६