‘माग्ने राजा’को ट्रेलर : मिस पबी एक सेकेन्ड झुलुक्क, पज नगरी चिन्नै गाह्रो ! « Khabarhub

‘माग्ने राजा’को ट्रेलर : मिस पबी एक सेकेन्ड झुलुक्क, पज नगरी चिन्नै गाह्रो !


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माग्ने राजा’ मा अनुबन्ध भएदेखि टिकटकर मिस पबी (पवित्रा साकी) चर्चामा छिन् । टिकटकको चर्चित प्रोफाइल भएकाले डेब्यू फिल्म साइन गरेपछि स्वाभाविक रूपमा उनको चर्चा भएको थियो ।

त्यसमाथि निर्माण पक्षले मिस पबीलाई अनुबन्ध क्रममै हाइलाइट गरेको थियो । छायाङ्कनका क्रममा पनि उनी चर्चामा आइन्‌ ।

अभिनय गर्न नसकेको भन्दै भूमिका छोट्याइएपछि उनी चर्चामा आएकी थिइन् । अर्थात्, कमजोर अभिनय क्षमताले पनि उनलाई चर्चामा ल्यायो ।

पविले अभिनय गर्न नसकेपछि भूमिका छोट्याएर बाँकी अंशका लागि फिल्ममा अर्कै व्यक्तिलाई अनुबन्ध गरेको चर्चा छ । यो कुरा निर्माण पक्ष निकट स्रोतले खबरहबलाई बताएको हो ।

माग्ने राजाको पोस्टर, टिजर र गीतहरूमा उनलाई नदेखेपछि खोजी भएको थियो । फिल्मबाटै निकालिएको चर्चा पनि चलेको थियो ।

निर्देशक ऋषि लामिछानेले उक्त चर्चा झुटो भएको दाबी गरेको थिए । नभन्दै मिस पबीलाई ट्रेलरमा देखाइएको छ, तर झुलुक्क !

निर्माण पक्षले बिहीबार ‘माग्ने राजा’को ३ मिनेट ४० सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको छ । मिस पबीलाई ट्रेलरमा जम्मा १ सेकेन्ड देख्न सकिन्छ । पज गरेर नहेर्ने हो भने उनलाई चिन्न मुस्किल हुन्छ ।

२ मिनेट ४८ सेकेन्डमा मिस पबीले फिल्मका नायक केदार घिमिरे ‘माग्ने बूढा’को अन्तवार्ता लिएको दृश्य देख्न सकिन्छ ।

जे होस्, मिसपबी ट्रेलरमा अटाएकी छन् । फिल्मको प्रचार सामग्रीमा उनको अनुहार देखिएको छ ।

यत्रो हल्लाखल्लाबीच उनले कस्तो अभिनय गरिन् होला, त्यो हेर्न अब धेरै दिन बाँकी छैन । यो फिल्म भदौ ६ बाट प्रदर्शनमा आउँदैछ ।

फिल्ममा केदार र नायिका वर्षा शिवाकोटी शीर्ष भूमिकामा छन् । फिल्मका लेखक सामीप्यराज तिमल्सेना हुन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म मुनाल घिमिरेले निर्माण हुन्‌ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : २१ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले