तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मलको उत्पादन सुरु | Khabarhub Khabarhub

तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मलको उत्पादन सुरु


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– जिल्लाको तिलोत्तमाका युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन् । यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन् ।

‘जैको’ नामबाट बजारमा आएको यस मलको प्याकेट आकर्षक बनाइएको छ । सबैको सहजताका लागि एक किलोको प्याकेट बनाएर बजारमा ल्याइएको युवा बताउँछन् । हेक्टर र बिघामा खेती गर्ने किसानदेखि लिएर गमलाको फूलका लागि यो मल सजिलै प्राप्त गरी प्रयोग गर्न सकिन्छ ।

नेपाल वायो कम्पोस्ट कम्पनीले उक्त मल बजारमा ल्याएको हो । पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य र माटोको उर्वरा शक्तिलाई खराब गरिरहेको अवस्थामा युवाहरूको सक्रियतामा मलको उत्पादन सुरु भएको हो । जैविक मलको प्रयोगले विस्तारै माटोको गुणस्तरमा सुधार ल्याउन सकिने उद्देश्यले उत्पादनमा सक्रिय बनेको कम्पनीका सदस्य राहुल पन्थीले बताए ।

 ‘यसका लागि अहिलेसम्म तीन करोड रकम लगानी गरिसक्यौँ, अब भने विस्तारै प्रतिफल आउने आशमा छौँ’, उनले भने । 

रासायनिक मलको व्यापक प्रयोगले माटोको अवस्था जीर्ण बनिरहेको अवस्थामा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा जोड दिइएको उनको भनाइ छ । 

‘धेरैले जानी–जानी रासायनिक मलको प्रयोग गरिरहेका छन् । यसले माटो, मानव स्वास्थ्य मात्र नभई वातावरणमा भएका समग्र जीवजन्तुलाई असर गरिरहेको छ । फलस्वरूप पारिस्थितिक प्रणाली प्रभावित भएर त्यसको असर वातावरणका सम्पूर्ण जीवले भोगिरहेका छन्’, उनले भने।

‘जैको’ प्राङ्गारिक मलको उत्पादनले मानवसँगै सम्पूर्ण जीवजन्तु र माटोले नयाँ जीवन प्राप्त गर्ने आशा रहेको कम्पनीका सदस्य पन्थीले बताए। दिनानुदिन रासायनिक मलका प्रयोगकर्ता बढिरहनु, रासायनिक मलले उत्पादन छिटो र बढी दिने वर्तमान अवस्थामा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । 

    के हो ‘जैको’ मल ?

यो मल एक प्रकारको शतप्रतिशत प्राङ्गारिक मल हो । माटोका लागि अति महत्त्वपूर्ण मानिएको यो मल प्राकृतिक तरिकाले बनाइने कम्पनीका कोषाध्यक्ष सुरेन्द्रकुमार गौतमले बताए। यो मलको प्रयोगबाट बिरुवाको वृद्धि विकास भई उत्पादन पनि प्रशस्त हुने उनले उल्लेख गरे। 

 प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने माटो विज्ञ एवं कम्पनीका उपाध्यक्ष लोकेन्द्र घर्ती मगरले बताए।

यो मलमा भएका खाद्य तत्त्वहरू पानीमा घुलनशील हुने भएकाले बिरुवाले ती तत्वलाई सजिलैसँग प्राप्त गर्ने मगरले जानकारी दिए । यो मलमा भिटामिन, हर्मोनका साथै माटो र बिरुवाका लागि चाहिने अतिआवश्यक पोषक तत्व र जैविक गतिविधि बढाउने सूक्ष्म जीवहरू पर्याप्त मात्रामा हुने भएकाले अरु मलभन्दा गुणस्तरीर रहेको उनले दाबी गरे। 

‘औषधीय गुण भएका पातपतिङ्गर, फोहर वस्तुबाट यो मल बनाइने भएकाले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्छ । यसले बिरुवाको रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले उत्पादनमा वृद्धि हुन्छ । साथै माटोको गुणस्तरमा सुधार ल्याउनुका साथै माटो क्षयीकरण हुनबाट जोगाउछ’, विज्ञ मगरले भने । 

कम्पनीले दैनिक करिब डेढ टन मल उत्पादन गरिरहेको सदस्य शान्ति मगरले जानकारी दिए । सुरुआती चरण भएकाले माग अनुसार मल बजारमा पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

खेतीको याममा बढी खपत हुने भएकाले मागअनुसार अपूर्ति गर्न नसकिएको कम्पनीका अध्यक्ष यमबहादुर थापाले बताए। उनका अनुसार जैको मल रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, गुल्मी, नवलपरासी र स्याङ्जामा खपत हुने गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : ३५ बजे

पाँच वर्षभित्र प्रत्येक नागरिकमा विपद् पूर्वसूचना प्रदान गरिनेछ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले विपद्

दशौं खेलकुदको मिति तोक्न खेलकुदमन्त्रीसँग मुख्यमन्त्री कँडेलको माग 

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युवा तथा खेलकुद मन्त्री

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सातामा ७२ अङ्क घट्यो नेप्से, करेक्सन कि बियरिस ?

काठमाडौँ – यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको

शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्ने

काठमाडौं– नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने