दशौं खेलकुदको मिति तोक्न खेलकुदमन्त्रीसँग मुख्यमन्त्री कँडेलको माग  « Khabarhub

दशौं खेलकुदको मिति तोक्न खेलकुदमन्त्रीसँग मुख्यमन्त्री कँडेलको माग 


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति तोक्न माग गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत आए मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले  पटक पटक मिति तोक्ने प्रतियोगिता नहुने गरेकाले नसर्ने गरि मिति तोक्न माग गरेका हुन् । प्रदेश सरकारको कारणले प्रभावित नहुने भएकोले अब मिति तोक्दा मिति नसर्ने गरि तोक्न कँडेलले संघीय सरकारलाई आग्रह गरे।

 ‘पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘अब त्यस्तो गल्ती नदोहोर्‍याउनु हुन्न ।’

कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट प्रतिबद्ध रहेको कँडेलले बताए ।

‘त्यही अनुसार तयारी पनि गरिरहेका छौं,’ उनले भने,‘तर आयोजक तपाइहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला ।’ 

मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसिहत स्पष्ट तालिका बनाउन आग्रह समेत गरे । मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका  कमजोरी दोहोरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । 

उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाए । ‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनु होला,’ उनले भने,‘तर प्रतियोगिता कै लागि जम्बो उपसमिति  बन्ने र बनाउनेतर्फ सचेत रहनुहोला ।’ 

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केही दिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्री सुझाव दिए ।

‘केही दिन तपाईँहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरि काम गर्नुस् भनेर निर्देशन दिनु भएको रहेछ,’ उनले भने, ‘हाम्रो स्प्रिड पनि त्यही हो ।’ 

एक अर्को प्रसंगमा मुख्यमन्त्री कडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषदका रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए । 

छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अबको केही समयपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकिने जानकारी दिए । उनले त्यही अनुसार प्रदेश सरकारले लाग्नु पर्ने बताए।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : ५९ बजे

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६