नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ « Khabarhub

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई दक्षिण एसियाको ‘सिलिकन भ्याली’ का रूपमा विकास गर्न सकिने बताउँदै जापानी लगानी र सहकार्यका लागि आह्वान गरेका छन्।

जापान–नेपाल आइटी एसोसिएसन ९जेएनआइटिए० ले काठमाडौँमा आयोजना गरेको जापान–नेपाल आइटी फोरम २०२५ मा मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले सूचना प्रविधिको केन्द्र बन्न उपयुक्त रहेको बताए। उनले भने, “जापानी नवप्रवर्तन, लगानी र प्रविधिमा नेतृत्वलाई नेपालले स्वागत गर्न चाहन्छ।”

सरकार नियामकीय स्पष्टता, नीतिगत समन्वय र संस्थागत सहयोग दिन तयार रहेको उल्लेख गर्दै उनले नेपालको डिजिटल यात्रामा जापानी लगानीकर्ताहरू, अनुसन्धानकर्ता र उद्यमीहरूलाई सहभागी हुन आग्रह गरे।

फोरमले दुई देशबीचको डिजिटल सम्बन्धलाई संस्थागत आधार दिने विश्वास व्यक्त गर्दै उनले सम्मेलनलाई ऐतिहासिक उपलब्धि भने। उनले जापान सरकार, नेपालस्थित जापानी दूतावास, आयोजक संस्था, उद्योग साझेदार र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

उनका अनुसार, सम्मेलनमार्फत नेपाल–जापान आइटी करिडोरको जग बस्ने अपेक्षा गरिएको छ। “हामी यसलाई दीर्घकालीन रणनीतिक साझेदारीको सुरुवात मानिरहेका छौं,” उनले भने, “नेपालसँग युवाशक्ति, भूगोल र स्रोत छ, जसले यसलाई डिजिटल केन्द्र बनाउने सामर्थ्य दिन्छ।”

सरकारले आइटी हब, कम्प्युटिङ केन्द्र, बीपीओ र सफ्टवेयर आउटसोर्सिङका लागि जापानी लगानीलाई स्वागत गर्ने स्पष्ट संकेत दिएको छ। उनले नीति, कर छुट, पूर्वाधार र एकद्वार प्रणालीमार्फत लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाए।

‘डिजिटल नेपाल फ्रेमवर्क २।०’ अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासन क्षेत्रलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यमा जापानसँग प्रविधि तथा लगानीमा सहकार्य खोजिएको उनले बताए।

हरित ऊर्जामा आधारित डेटा सेन्टर, ग्रामीण स्याटेलाइट, फाइभजी, फाइबर अप्टिक, टेलिकम सुधार र साइबर सुरक्षाजस्ता क्षेत्रमा समेत सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। साथै, एआई एक्सेलेन्स सेन्टर र अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न समेत जापानसँग सहकार्यको प्रस्ताव गरिएको छ।

कार्यक्रममा सांसद डा। स्वर्णीम वाग्लेले जापानसँग प्राविधिक क्षेत्रमा ठूला व्यवसाय सुरु गर्नुपर्ने औंल्याउँदै युवाहरूको भविष्य आइटीमै रहेको बताए। उनले लगानी भित्र्याउनुका साथै बाहिर लैजान सकिने नीति आवश्यक रहेको धारणा राखे।

जेएनआइटिए अध्यक्ष शरद राईले जापानमा आइटी क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै नेपाली उद्यमीले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा जापानका विज्ञ, व्यवसायी र नेपाली युवा उद्यमीबीच प्राविधिक छलफल पनि भएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ८ : ५३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक