भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति « Khabarhub

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ४३८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

महानगरमा आज आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले छात्रवृत्ति वितरण गरेका हुन् । छात्रवृत्ति पाउनेमा जेहन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अल्पसङ्ख्यक तथा सिमान्तकृततर्फ नौ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका हुन् । साथै छात्रवृत्ति पाउनेमा अपाङ्ग १३ जना, जनआन्दोलन घाइतेतर्फ सहिद एवं बेपत्ता परिवारका १३ जना छन् ।

छात्रवृत्ति प्राप्त गर्नेमा विज्ञान विषय अध्ययन गर्ने तीन सय ३० जना र अन्य विषयका एक सय आठ जना रहेका छन् । विज्ञान विषय अध्ययन गर्नेतर्फ एक सय ६५ जना छात्रा, एक सय ६५ जना छात्र र अन्यतर्फ ५४ जना छात्रा, ५४ जना छात्र रहेको महानगर शिक्षा महाशाखाका प्रमुख सुवाषचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार एक हजार एक सय ६१ जना विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन दिएका छन् ।

निवेदन दिएका मध्येबाट छनोट गरी महानगरपालिकाभित्र कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको हो । जसमध्ये सामुदायिक विद्यालयका दुई सय २० जना र संस्थागत विद्यालयका दुई सय १८ जना विद्यार्थी छन् ।

महानगर प्रमुख दाहालले शैक्षिक गुणस्तरमा महानगरपालिकाले फड्को मारेको बताए । हरेक वर्ष एसइई परीक्षा उत्तिर्ण गरेर कक्षा ११ मा अध्ययन गर्ने विभिन्न समुदायका विद्यार्थीलाई महानगरले छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

महानगर उपप्रमुख अधिकारीले विद्यार्थीको भविष्यप्रति महानगर जिम्मेवार भएर प्रस्तुत भएको बताए । छात्रवृत्तिले गर्दा विपन्न परिवारका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन सहज भएको उनको भनाइ छ ।

महानगरपालिकाभित्र ९१ वटा विद्यालय सञ्चालनमा छन् । शैक्षिक सत्र २०८२ मा महानगरपालिकाभित्रका विद्यालयमा कक्षा १० सम्म ५१ हजार ६७ जना र कक्षा ११ र १२ मा आठ हजार पाँचसय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : २२ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष