विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन | Khabarhub Khabarhub

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य प्रकारका प्लास्टिकमध्ये दुई तिहाइ उत्पादन गरेको तथ्याङ्कले देखाएको छ।

बेलायती वातावरणीय परामर्शदाता ‘युनोमिया’ र जलवायु तथा ऊर्जा अनुसन्धान समूह ‘जिरो कार्बन एनालिटिक्स’ले विश्वका सात वटा देशले सामान्य प्रकारका प्लास्टिकको दुई तिहाइ हिस्सा उत्पादन गरेका जनाएका छन्।

धेरै प्लास्टिक उत्पादन गर्ने मुलुकमध्ये पनि छ वटा मुलुकले उत्पादन गर्ने सामान्य प्लास्टिकको मात्रा चीन एक्लैले उत्पादन गर्नेगरेको तथ्याङ्कले देखाउँछ।

विश्वका १८४ देशले जेनेभामा प्लास्टिक प्रदुषणको समस्या अन्त्य गर्ने उद्देश्यले पहिलो पटक भएको सन्धिको वार्तामा साझा आधार खोज्ने प्रयास गरिरहेका बेला यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

‘युनोमिया’ र ‘जिरो कार्बन एनालिटिक्स’ को अध्ययनले सबैभन्दा व्यापक रूपमा प्रयोग हुने प्लास्टिकको शुद्ध उत्पादन (भर्जिन पोलिमर)को उत्पादनमा ध्यान केन्द्रित गर्दछ । पोलिथिलीन ९पिई०, पोलिप्रोपाइलीन (पिपी), पोलिथिलिन टेरेफथलेट ९पिइटी० र पोलिस्टिरिन ९पिएस० सामान्यतया पेय बोतलहरूमा प्रयोग गरिन्छ।

गत वर्ष ठूला चार वटा पोलिमर प्लास्टिकको उत्पादनमा चीन ३४ प्रतिशत, संयुक्त राज्य अमेरिका १३ प्रतिशत र साउदी अरब पाँच प्रतिशत जिम्मेवार रहेको अध्ययनले देखाएको छ।

त्यसैगरी दक्षिण कोरिया पाँच प्रतिशत, भारत चार प्रतिशत, जापान तीन प्रतिशत र जर्मनी दुई प्रतिशत पोलिमर प्लास्टिकको उत्पादनका लागि जिम्मेवार छन् ।

ऊर्जा क्षेत्रको तथ्याङ्क प्रदायक ‘वुड म्याकेन्जी’को एक पुरानो अध्ययनअनुसार प्लास्टिक उत्पादन विश्वका विशाल कम्पनीहरूको समूहमा केन्द्रित छभने केही राज्यको स्वामित्वमा केन्द्रित छ।

सन् २०२१ मा विश्वका १८ वटा कम्पनीले मात्र विश्वको आधाभन्दा बढी प्लास्टिक पोलिमर उत्पादन गरेका छन् ।

वुड म्याकेन्जीका अनुसार विश्वको अग्रणी उत्पादक चीनको सरकारी स्वामित्वको चाइना पेट्रोलियम एन्ड केमिकल कर्पोरेसन (सिनोपेक) हो । सिनोपेकले मात्र विश्वको ५.४ प्रतिशत प्लास्टिक उत्पादन गर्छ ।

अमेरिकी तेल तथा ग्यास कम्पनी एक्सनमोबिल पाँच प्रतिशत, अमेरिकी बहुराष्ट्रिय रासायनिक कम्पनी ल्योन्डेलबेसेल ४.५ प्रतिशत, तेल कम्पनी साउदी अरामको ४.३ प्रतिशत र पेट्रो चाइना ४.२ प्रतिशत प्लास्टिक उत्पादन गर्नेगरेका छन् ।

प्रमुख युरोपेली उत्पादकहरू बेलायतको इनोस २.८ प्रतिशत उत्पादन गर्दै सातौँ स्थानमा, अस्ट्रियाको बोरियालिस २.३ प्रतिशतका साथ १० औं स्थानमा र फ्रान्सको टोटलइनर्जीज दुई प्रतिशत उत्पादनका साथ ११ औँ स्थानमा छन्।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : ५८ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा