उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता « Khabarhub

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर कम्तीमा १३ नेपाली नागरिक बेपत्ता भएको खुलेको छ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले पालिकाका कम्तीमा १३ जना गाउँले बाढीपछि सम्पर्कविहीन रहेको बताएका छन् ।

यस साताभर लगातार मनसुनजन्य प्राकृतिक विपत्ति उत्तराखण्ड राज्यमा देखिएका छन्। मंगलबार उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक ठूलो बाढी आएको थियो ।

जसले दर्जनौं भवनहरू भत्काएर बगायो। बाढीले ल्याएको लेदोदे गाउँमा ठूलो क्षति पुर्‍याएको छ। उक्त बाढीपछि बेपत्ता भएका नेपालीहरूमध्ये १३ जना जाजरकोटको कुशे गाउँपालिका क्षेत्रका हुन्, कुशे गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बिहीबार जारी गरेको विज्ञप्तिमा यो कुरा उल्लेख गरेका छन् ।

‘कुशेको वडा नं= २ का कम्तीमा १३ जना र अन्य वडाका केही व्यक्तिहरूसँग घटनापछिदेखि सम्पर्क हुन सकेको छैन,’ विज्ञप्तिमा उनले भनेका छन्।

अध्यक्ष बस्नेतले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

मंगलबारको बाढीले केबल ४० सेकेन्डमा धराली बर्बाद भएको थियो । सयभन्दा बढी मानिस पहाडबाट बगेर आएको लेदोमा पुरिए।

‘तीमध्ये स्थानीयबासी पनि थिए, नेपालबाट पुगेका मजदुरहरू पनि थिए। चारधाम यात्राका कारण धेरैले यात्रुहरूका लागि घर खोलेका थिए। धेरै घरहरूमा निर्माण चलिरहेको थियो। एक घरको छेउमै बिहारका ७ मजदुर काम गरिरहेका थिए, उनीहरूले निस्किने मौका नै पाएन्,’ धरालीका प्रत्यक्षदर्शी उमेश पाल पंवारले भने ।

मंगलबार दिउँसो अचानक पहाड नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्‍यायो। हालसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ । १०० भन्दा बढी अझै बेपत्ता छन्। भारतीय सेनाका ९ जवानसमेत बगेका छन्। ५० भन्दा बढी घर, ३० भन्दा बढी होटल र रिसोर्ट तथा २५ होमस्टेहरू पूरै ध्वस्त भएका छन्।

हाल उद्धार टोलीहरू माटो थुप्रिएको ठाउँमा बेपत्ताहरूको खोजीमा खटिएका छन्। पानीको बहाव केही कम भए पनि धरालीवासीको समस्या टरेको छैन। धराली पुग्ने सडकहरू पूर्ण रूपमा अवरुद्ध छन्। पानी र बिजुली सेवा पनि बन्द छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १० : ४२ बजे

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८