आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ७ तारिख। खग्रास चन्द्रग्रहण देखिने छ। राति १० बजेर ११ मिनेटमा सुरु भएको चन्द्रग्रहण १ बजेर ४१ मिनेटमा सकिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। विपक्षी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा हुने घेराबन्दीबाट सचेत बन्नुपर्ने छ। आम्दानीको पछाडि लाग्दा इज्जत गोम्ने जोखिम छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। लामो यात्रा तय हुनसक्छ। राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ। परिवारमा झन्झट आइपर्ने जोखिम रहेको छ।

मिथुन : दिन सामान्य छ। साथीले असहयोग गर्ने जोखिम छ। सामाजिक कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्ने जोखिम छ। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ। पश्चिमको लामो यात्राको तय नगर्नु उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी भने बढ्नेछ।

सिंह : दिन राम्रो छ। चन्द्रमा उच्च भएकाले परिवारको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

कन्या : दिन सामान्य छ। अरुले गरेको खराब कामको आरोप तपाईंमाथि आइपर्ने खतरा छ। अचानक स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नुपर्ने समय छ।

तुला : दिन राम्रो छ। तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन हो। परिवारका सदस्यको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। जागिरमा बढुवा हुनेछ। विपक्षीसँग विवाद नगरी काममा अगाडि बढ्नु उचित हुन्छ। रानीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। लामो समयको पर्खाइ अनुसार भिसा प्राप्त हुने देखिन्छ। परिवाको साथमा रमाइलो घुमघाम गर्ने अवसर प्राप्त हुनेछ। यात्रा सहज बन्नेछ। राजनीति नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। दिन खराब सावित हुनसक्छ। सञ्चित धन र समयको खर्च हुनेछ। विपक्षी बलियो भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

मीन : दिन सामान्य छ। सानो कुराले घाटा हुनेछ। सञ्चित धन खर्च हुँदासमेत आफ्नो काम नबन्ने जोखिम छ। परिवारभित्र विवाद नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : ०१ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल