ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ « Khabarhub

आप्रवासीविरुद्ध आक्रामक ट्रम्प

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीले छापा मारेर तीन सय आप्रवासीलाई पक्राउ गरेका छन् । पक्राउ परेका सबै दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।

विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपतकालीन बैठकमा बताए अनुसार, कुल ४७५ जना पक्राउ परेका मध्ये “तीन भन्दा बढी हाम्रो देशका नागरिक रहेको विश्वास गरिएको छ ।”

कानुनी उल्लङ्घनमा आधारित छापा
अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टीवन श्र्यांकका अनुसार, यो छापा बिहीबार एलाबेल शहरस्थित हुन्डाई-एलजीको संयुक्त कारखानामा ‘गम्भीर सङ्घीय अपराध र अवैध रोजगार सम्बन्धी आरोपको’ अनुसन्धानका क्रममा गरिएको हो ।

“यो सामान्य आप्रवासन छापा होइन,” श्र्यांकले भनेका छन्, “यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।”

उनले थप जानकारी दिँदै भनेका छन्,“पक्राउ परेका व्यक्तिहरू अमेरिका भित्र अवैध रूपमा रहेका थिए र गैरकानुनी रूपमा कार्यरत थिए ।” पक्राउ परेका सबैलाई अब आप्रवासन तथा सीमा सुरक्षा विभागमार्फत देशनिकालाको प्रकृयामा लगिएको छ ।

दक्षिण कोरियाको कूटनीतिक प्रतिक्रिया
विदेशमन्त्री चो ह्युनले भनेका छन्,“हामी यस घटनाबाट गहिरो चिन्तित छौं र गम्भीर जिम्मेवारीको भावना महसूस गरेका छौं । आवश्यक परे म स्वयम् वासिङ्टन पुगेर वार्ता गर्न तयार छु ।”

यसअघि, विदेश मन्त्रालयका प्रवक्ता ली जे–वुङले अमेरिकालाई आग्रह गर्दै भनेका थिए,“हाम्रो लगानीकर्ताका आर्थिक गतिविधि र हाम्रा नागरिकको वैध अधिकारलाई अमेरिकी कानुनी कारबाहीका क्रममा अन्यायपूर्वक हानि पुग्नु हुँदैन ।”

कम्पनीको प्रतिक्रिया
एलजी एनर्जी सोलुसनले शनिबार जनाएको अनुसार, पक्राउ परेका ४७ जना कम्पनीका कर्मचारी हुन्, जसमा ४६ जना दक्षिण कोरियाली र एक जना इन्डोनेसियाली नागरिक छन् । करिब २५० जना तेस्रो पक्ष ठेकेदारमार्फत खटाइएका थिए, जसमा अधिकांश दक्षिण कोरियाली रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हाललाई अत्यावश्यक बाहेक अमेरिकातर्फको सबै व्यवसायिक भ्रमण स्थगित गर्ने निर्णय लिएको छ ।

राजनीतिक सन्दर्भ र लगानी
दक्षिण कोरिया अमेरिकामा आफ्ना कम्पनीहरूको विस्तारका लागि अर्बौं डलर लगानी गरिरहेको छ ।

राष्ट्रपति ली जे–म्युंगले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलरको लगानी गर्ने घोषणा गरेको थियो ।अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले निर्माण क्षेत्र पुनःजागृत गर्ने र अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए ।

यो घटनाले दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्धमा चुनौती खडा सक्ने अनुमान विश्लेषकले गरेका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : १० बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका