यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै « Khabarhub

यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै


२२ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको फाइनलमा आज पाकिस्तान र अफगानिस्तान भिड्दै छन्। आयोजक यूएईले कुनै पनि खेल जित्न नसकेको सिरिजको फाइनलमा अफगानिस्तान र पाकिस्तान आज नेपाली समय अनुसार राति ८:४८ बजे भिड्न लागेका हुन्।

पाकिस्तान र अफगानिस्तान चार खेलको सिरिजमा तीनतीन जित निकाल्दै फाइनल पुगेका हुन्। यूएईले भने घरेलु मैदानमा टेस्ट राष्ट्रसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेन। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग मात्र चार रनले पराजित भएको यूएईका लागि यो प्रतिस्पर्धा एसिया कपका लागि महत्त्वपूर्ण बन्नसक्छ।

प्रतियोगितामा तीनतीन खेलमा विजयी भएर समान ६ अंक बनाउँदै फाइनल पुगेका पाकिस्तान र अफगानिस्तानको फाइनल भेटलाई रोचक रुपमा हेरिएको छ। समान अंक भए पनि पाकिस्तान रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ९ : ४३ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका