यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै « Khabarhub

यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको फाइनलमा आज पाकिस्तान र अफगानिस्तान भिड्दै छन्। आयोजक यूएईले कुनै पनि खेल जित्न नसकेको सिरिजको फाइनलमा अफगानिस्तान र पाकिस्तान आज नेपाली समय अनुसार राति ८:४८ बजे भिड्न लागेका हुन्।

पाकिस्तान र अफगानिस्तान चार खेलको सिरिजमा तीनतीन जित निकाल्दै फाइनल पुगेका हुन्। यूएईले भने घरेलु मैदानमा टेस्ट राष्ट्रसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेन। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग मात्र चार रनले पराजित भएको यूएईका लागि यो प्रतिस्पर्धा एसिया कपका लागि महत्त्वपूर्ण बन्नसक्छ।

प्रतियोगितामा तीनतीन खेलमा विजयी भएर समान ६ अंक बनाउँदै फाइनल पुगेका पाकिस्तान र अफगानिस्तानको फाइनल भेटलाई रोचक रुपमा हेरिएको छ। समान अंक भए पनि पाकिस्तान रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ९ : ४३ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत