कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ « Khabarhub

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयका विषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।  

आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन् । 

सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भए पनि बन्द नै गर्ने निर्णय उचित नभएको उनले बताए । बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिइन् । 

त्यस्तै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि आम नागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसँग कुरा गरिने उल्लेख गरे । सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

उनले संवैधानिक परिषद्सम्बन्धी विधेयकका सन्दर्भमा छलफल नै नभई पारितका लागि सदनमा प्रस्तुत गर्नु उचित नभएको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १ : २७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने